जिल्ला प्रहरी परिसर काठमाण्डाैकाे सेवा अब भद्रकालीबाट

 असार २४, २०८१ सोमबार ९:७:४८ | रासस
unn.prixa.net

काठमाण्डाै – जिल्ला प्रहरी परिसर काठमाण्डौले काठमाण्डौ महानगरपालिका–११ भद्रकालीमा रहेको आफ्नो नयाँ कार्यालयबाट सेवा प्रदान शुरु गरेको छ ।

यसअघि काठमाण्डौ महानगरपालिका–१२ टेकुमा रहेको नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले हिजोदेखि भद्रकालीमा आफ्नै नयाँ भवनबाट सेवा प्रदान शुरु गरिएको परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौले वसन्तपुरमा रहेको हनुमानढोकामा रहेको आफ्नै भवनबाट सेवा प्रदान गर्दै आए पनि २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि टेकुमार्फत सेवा प्रदान गर्दै आएको थियो । ८० करोड रुपैयाँको लगानीमा भद्रकालीमा बनेको भवन आठ तलाको छ ।

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया