भरतपुरको क्रिकेट रङ्गशाला निर्माणको काम ३० महिनाभित्र सक्ने गरी सम्झौता

 असार २४, २०८१ सोमबार १४:५६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

सामाजिक सञ्जाल

काठमाण्डौ – चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपलिका र ठेकेदार कम्पनीबीच सम्झौता भएको छ । ३० महिनाभित्र रङ्गशालाको पहिलो चरणको निर्माण सक्ने गरी निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीसँग सम्झौता गरिएको भरतपुर महानगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिनुभयो ।

सम्झौतामा रङ्गशालाको काम २०८३ साल पुस २२ गतेभित्र सक्ने उल्लेख छ । सम्झौतामा उल्लेख भएअनुसार निर्माण कम्पनीले रङ्गशालामा मैदानसहित पाँच वटा पिच, तीन/तीन तलाको दुईवटा टावर, १० हजार क्षमताको प्याराफिटसहित मैदान लगायतका निर्माण गर्नेछ ।

आयोजनाको सम्झौता लागत ७५ करोड ५० लाख ९१ हजार एक सय ८९ रुपैयाँ रहेको छ । रङ्गशाला निर्माणका लागि आउँदो आर्थिक वर्ष संघीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले चार करोड ८० लाख बजेट विनियोजन गरेका छन् ।

यस्तै बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत रकम व्यहोर्ने निर्णय गरेको छ । शुरु रङ्गशाला निर्माण थालेको धुर्मस–सुन्तली फाण्डेशनले पाँच हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । धुर्मस–सुन्तली फाण्डेशनले चन्दा सङ्कलन गरी बनाउन शुरु गरेको रङ्गशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेदेखि  पूर्ण रूपमा काम रोकेको थियो ।   

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया