युक्रेनी बाल अस्पतालमा रुसको आक्रमण, कम्तीमा २३ जनाको ज्यान गयो

 असार २४, २०८१ सोमबार १८:१०:१५ | एजेन्सी
unn.prixa.net

एजेन्सी

रुसले युक्रेनको एउटा बाल अस्पतालमा क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा २३ जनाको ज्यान गएको छ । युक्रेनको राजधानी किभमा रहेको एक बाल अस्पताल लगायतका क्षेत्रमा भएको आक्रमणमा उनीहरुको ज्यान गएको बीबीसीले जनाएको छ । रुसको क्षेप्यास्त्र आक्रमणबाट किभको बाल अस्पताल ध्वस्त भएको छ ।

यस्तै रुसले युक्रेनी सहर क्राइभी रिहमा गरेको अर्को आक्रमणमा १० जनाको ज्यान गएको र ३१ जना घाइते भएका बीबीसीको खबरमा उल्लेख छ । रुसले आक्रमणमा सबैभन्दा अत्याधुनिक हतियारमध्येको एक किन्झाल हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग गरेको युक्रेनी सेनाले जनाएको छ । किन्झाल ध्वनि गतिभन्दा १० गुणा बढी गतिमा उड्ने भएकोले यसलाई रोक्न गाह्रो हुन्छ । बिस्फोटका कारण शहरका भवन हल्लिएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले आज विभिन्न प्रकारका ४० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेर अपार्टमेन्ट भवन र सार्वजनिक संरचनामा प्रहार गरेको बताउनुभएको छ । युक्रेन युद्धलाई लिएर अमेरिकामा हुन लागेको क्षेत्रीय सन्धी सङ्गठन नेटोको बैठक नजिकिँदै गर्दा रुसले युक्रेनमा भिषण आक्रमण गरेको हो ।  

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया