नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अजलकाजी ताम्राकारको दुई राष्ट्रिय कीर्तिमान

 असार २५, २०८१ मंगलबार ६:२१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – ललितपुरमा चलिरहेको प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अजलकाजी ताम्राकारले दुई वटा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले पुरुष १ सय मिटर बटरफ्लाइ ५९ दशमलव १७ सेकेन्डमा पूरा गर्दै अनुभव सुब्बाले २५ औँ राष्ट्रिय खुला पौडी प्रतियोगितामा बनाएको कीर्तिमान तोडेका हुन् ।

यसअघि पुरुष ५० मिटर बटरफ्लाइ पनि २५ दशमलव ५२ सेकेन्डमा पूरा गर्दै अजलले कीर्तिमान बनाएका थिए । यस्तै, दिवाकर अवाले पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी २ मिनेट ३० दशमलव १५ सेकेन्डमा पूरा गर्दै १३ औँ दक्षिण एसियाली खेलकुदमा शुभम् शर्माको कीर्तिमान तोडेका हुन् ।

प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा कुल तीन वटा कीर्तिमान बनेका छन् । प्रतियोगितामा १ सय ६६ अङ्कसाथ निसर्ग वाटिका स्कुल टीम च्याम्पियन बनेको छ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया