युक्रेनमा भएको पछिल्लो क्षेप्यास्त्र आक्रमणको अमेरिकी राष्ट्रपति बाइडेनद्वारा निन्दा

 असार २५, २०८१ मंगलबार १५:१२:१ | एजेन्सी
unn.prixa.net

एजेन्सी

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा गरेको पछिल्लो क्षेप्यास्त्र आक्रमणको निन्दा गर्नुभएको छ । साथै उहाँले किएभको हवाई प्रतिरक्षालाई बलियो बनाउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ ।

रुसले हिजो युक्रेनको राजधानी किएभको एउटा बाल अस्पतालसहित मध्य र पूर्वी क्षेत्रमा दर्जनौँ मिसाइल आक्रमण गरेको थियो । आक्रमणमा ४१ जनाको ज्यान गएको छ । झन्डै दुई सय जना घाइते भएका छन् ।

राष्ट्रपति बाइडेनले अमेरिकाको वाशिङ्टनमा हुने नेटो शिखर सम्मेलनमा युक्रेनको हवाई प्रतिरक्षामा थप वृद्धिको घोषणा गरिने बताउनुभएको बीबीसीले जनाएको छ ।

युक्रेनको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बस्दैछ । राजधानी किएभमा भएको आक्रमपछि त्यहाँका मेयर भिटाली क्लित्सकोले आज शोकको दिनका रुपमा घोषणा गर्नुभएको छ । 

अन्तिम अपडेट: भदौ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया