क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा

 असार २६, २०८१ बुधबार ७:५८:३८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । अमेरिकाको मेट लाइफ स्टेडियममा भएको खेलमा क्यानडालाई २–० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिकै पुगेको हो । उसका लागि खेलको २२ मिनेटमा जुलियन अल्भारेज र ५१ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरे ।

अर्जेन्टिना इक्वेडरलाई हराउँदै र क्यानडा भेनेजुएलालाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् । अब अर्जेन्टिनाले उपाधिको लागि उरुग्वे र कोलम्बियामध्ये एउटा देशसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भोलि बिहान पौने ६ बजे उरुग्वे र कोलम्बियाले खेल्नेछन् । 

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया