भारत : धार्मिक कार्यक्रममा भएको भागदौडको घटनामा गम्भीर मानवीय लापरबाही भएको निष्कर्ष

 असार २६, २०८१ बुधबार ९:२:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको उत्तर प्रदेशमा गएको हप्ता एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा १ सय २१ जनाको ज्यान गएको घटनामा ६ जना सरकारी अधिकारी निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा प्रहरी, स्थानीय अधिकारी र जिल्ला प्रशासनका अधिकारी रहेका छन् ।

गएको हप्ता भएको एक धार्मिक कार्यक्रममा अत्याधिक भीड र भागदौडका कारण १ सय २१ जनाको ज्यान गएको थियो । विशेष अनुसन्धान टोली (एसआईटी) ले स्थानीय प्रशासनले घटना हुन नदिन र घटनापछिको अवस्था सम्हाल्ने क्रममा गम्भीर लापरबाही भएको निष्कर्ष निकालेको थियो ।

एसआईटीको रिपोर्टले आयोजक हिन्दु धर्म प्रचारक, स्थानीय अधिकारीहरू र प्रहरी सबैको गैरजिम्मेवारी भएको उल्लेख गरेको छ । उनीहरूले घटनालाई गम्भीरतापूर्वक नलिएको पनि रिपोर्टले जनाएको छ । अनुसन्धानको क्रममा १ सय २५ जना प्रत्यक्षदर्शीसँग बयान, घाइतेहरु, प्रहरी र जिल्ला अधिकारीहरुसँग अन्तर्वार्ता गरिएको थियो ।

यस्तै, समाचार, फोटो र भिडियो फुटेजको पनि जाँच गरिएको खबरमा उल्लेख छ । यस घटनामा धर्म प्रचार कार्यक्रमका मुख्य आयोजक देवप्रकाश मधुकरसहित नौ जना पक्राउ परेका छन् । 

अन्तिम अपडेट: भदौ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया