गौतम गम्भीर भारतीय टीमको मुख्य प्रशिक्षक

 असार २६, २०८१ बुधबार ९:२२:४२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गौतम गम्भीर भारतीय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा नियुक्त हुने पक्का भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका सचिव जय शाहले सामाजिक सञ्जाल एक्समा पूर्व क्रिकेटर गौतम गम्भीर नै अब मूख्य प्रशिक्षक बन्ने जानकारी दिनुभएको छ । ‘म गौतम गम्भिरलाई भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकको रूपमा स्वागत गर्दछु ।’ शाहले लेख्नुभएको छ ।

आधुनिक क्रिकेट तीव्र गतिमा परिवर्तन भइरहेको अवस्थालाई गम्भीरले नजिकबाट हेरिरहेकोले उनी नै उपयुक्त पात्र भएको शाहले बताउनुभएको छ । आफ्नो करियरमा कठिनाइहरू भोगेका र विभिन्न भूमिकामा उत्कृष्ट प्रदर्शन गरेका गौतम भारतीय क्रिकेटलाई अगाडि बढाउनका लागि आदर्श व्यक्ति हुन् भन्ने भन्ने लागेको बीसीसीआईका सचिव शाहले उल्लेख गर्नुभएको छ ।

बीसीसीआईका सचिव जय शाह भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा हुनुहुन्छ । गौतम गम्भीर पनि सन् २०१९ मा भारतीय जनता पार्टीमा सामेल भएर पूर्वी दिल्लीबाट सांसद पनि चुनिएका थिए । उनी सरकार र बीसीसीआईका सबैभन्दा शक्तिशाली व्यक्तिसँग पनि नजिक थिए । त्यसपछि उनले राजनीति छोडेका थिए ।

अहिले भारतीय क्रिकेट टीमको मुख्य प्रतिशकमा नियुक्त गरेर क्रिकेटमा भाजपाको राजनीति घुसाएको भन्दै आलोचना शुरु भएको छ । भारतीय क्रिकेट टीमका नयाँ प्रशिक्षकले लगातार तीन वर्ष काम गर्ने अवसर पाउनेछन् । 

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया