तनहुँमा बाढीले ल्याएको दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा एक जना बेपत्ता

 असार २६, २०८१ बुधबार १२:१६:४२ | रासस
unn.prixa.net

फाइल फाेटाे

तनहुँ – तनहुँमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँकाअनुसार व्यास नगरपालिका–१ भादगाउँका ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता हुनुभएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी भइरहेको बताउनुभयो ।

बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनारमा भीड लाग्ने गर्छ । प्रहरीले बाढीका बेला मानिस नै बग्ने र ज्यानैसमेत जाने जोखिम हुने भएकाले बाढी आएका बेला दाउरा निकाल्ने, माछा छोप्नेजस्ता काम नगर्न अनुरोध गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया