युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति इङ्गल्यान्ड र नेदरल्यान्ड्स खेल्दै

 असार २६, २०८१ बुधबार १२:४९:५६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति इङ्गल्यान्ड र नेदरल्यान्ड्स खेल्दैछन् । यो खेल राति पौने १ बजे जर्मनीको सिग्लन इडुना पार्कमा शुरु हुनेछ ।

इङ्गल्यान्डले स्विट्जरल्यान्डलाई हराएर र नेदरल्यान्ड्सले टर्कीलाई हराएर अन्तिम चारमा पुगेका हुन् । आजको खेलको विजेताले उपाधिका लागि स्पेनसँग आउँदाे आइतवार खेल्नेछ ।

गएराति भएको खेलमा फ्रान्सलाई २–१ गोलले हराउँदै स्पेन उपाधि नजिकै पुगेको हो । खेलकाे आठौँ मिनेटमा कोलो मुआनीले गोल गरेर फ्रान्सलाई अग्रता दिलाएका थिए  । तर २१ औँ मिनेटमा यमल र २५ औँ मिनेटमा ओल्मोले गोल गरे र स्पेनलाई फाइनलमा पुर्‍याए ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया