नेपाली महिला क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि पराजित

 असार २६, २०८१ बुधबार १८:१०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – एसीसी महिला एशिया कपका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । आज भएको खेलमा नेपाल श्रीलङ्का बोर्ड महिला विकास टोलीसँग ४ विकेटले पराजित भयो ।

नेपालले दिएको १ सय ७ रनको लक्ष्य घरेलु टोलीले १ बल बाँकी छँदा ४ विकेट गुमाएर भेटायो । उसका लागि एन सेनारथ्नेले २७ रन बनाइन् । बलिङतर्फ नेपालकी सबनम राई र कविता जोशीले समान १ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन बनायो । नेपालकी कविता कुँवरले २९, कप्तान इन्दु बर्माले २८ रन बनाइन् । श्रीलङ्का टोलीकी देवमी भिहाङ्गाले ३ विकेट लिइन् ।

पहिलो अभ्यास खेलमा नेपाल ३३ रनले पराजित भएको थियो । तेस्रो अभ्यास खेल आउँदो जुलाई १६ मा हुनेछ । एशिया कप आउँदाे जुलाई १९ देखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र यूएई खेल्नेछन् । नेपाल रहेको समूह ‘ए’ मा भारत र पाकिस्तान पनि छन् ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया