इङ्गल्यान्ड र वेस्ट इन्डिजबीचको टेस्ट शृङ्खला शुरु, जेम्स एन्डरसनकाे अन्तिम खेल

 असार २६, २०८१ बुधबार १८:१८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्रिकइन्फाे

काठमाण्डाै – घरेलु टोली इङ्गल्यान्ड र वेस्ट इन्डिजबीचको ३ खेलको टेस्ट क्रिकेट शृङ्खला आजदेखि शुरु भएको छ । इङ्गल्यान्डले लन्डनमा टस जितेर बलिङ रोजेपछि वेस्ट इन्डिजले अहिले पहिलो पारीको ब्याटिङ गरिरहेको छ ।

यो खेल इङ्गल्यान्डका स्टार बलर जेम्स एन्डरसनका लागि विशेष रहेको छ । ४१ वर्षीय एन्डरसनले अन्तिम पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेका हुन् । एन्डरसनले टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट गरी अहिलेसम्म ९ सय ८७ विकेट लिएका छन् । उनी सबैभन्दा धेरै विकेट लिने बलरको तेस्रो स्थानमा छन् । यो सूचीको पहिलो नम्बरमा १ हजार ३ सय ४७ विकेट लिएका श्रीलङ्काका मुथैया मुरलीधरन र अस्ट्रेलियाका शेन वार्न १ हजार १ विकेटसहित दोस्रो स्थानमा छन् ।

इङ्गल्यान्ड र वेस्ट इन्डिजबीचको दोस्रो टेस्ट आउँदो जुलाई १८ र तेस्रो तथा अन्तिम टेस्ट जुलाई २६ देखि शुरु हुनेछ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया