आँबुखैरेनी–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा

 असार २६, २०८१ बुधबार १८:२०:४१ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

तनहुँ – पृथ्वीराज मार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ ऐनापहरा नजिक दिउँसो खसेको पहिरो हटाएर सडक एकतर्फी सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ । ऐनापहराको सडकमा खसेको पहिरो पूरै हटाएको र म्याग्दे गाउँपालिका–६ को मौरीओडार सडक भने एकतर्फी रूपमा सञ्चालन भएको हो ।

यसैबीच लमजुङको डुम्रे–बेसीशहर सडक खुलेको छ । गएराति बेसीशहर नगरपालिका वडा नम्बर १ अँधेरीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

पहिरोका कारण अवरुद्ध सडकहरू खुलाउने काम भइरहेको सडक विभागले जनाएको छ । यस वर्षको बर्खायाम शुरु भएपछि अवरुद्ध भएका राजमार्गका २ सय ३४ ठाउँमध्ये १ सय ४ ठाउँको सडक पूर्णरूपमा खुलिसकेको विभागले जनाएको छ । १ सय २० ठाउँको सडक एकतर्फी सञ्चालनमा छ । १० वटा सडक भने अझै पनि अवरुद्ध रहेका छन् । सङ्खुवासभा, लमजुङ, स्याङ्जा, बाग्लुङ, डोटी, गुल्मी, दाङलगायतका जिल्लामा सडक अवरुद्ध भएका हुन् ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया