नेदरल्याण्ड्सलाई हराउँदै इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा

 असार २७, २०८१ बिहीबार ६:२३:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा पुगेको छ । आज बिहान जर्मनीको इडुना पार्क स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इंग्ल्याण्ड उपाधि नजिकै पुगेको हो ।

खेलमा अग्रता भने नेदरल्याण्ड्सले लिएको थियो । सातौँ मिनेटमा जाभी सिमोन्सले गोल गरेर नेदरल्याण्ड्लाई अग्रता दिलाएका थिए । तर खेलको १८ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यस्तै ९० औँ मिनेटमा ओल्ली वाटकिन्सले गोल गरेर इंग्ल्याण्डलाई विजयी बनाए ।

अब उपाधिको लागि इंग्ल्याण्ड र स्पेनबीच आउँदो आइतवार राति खेल हुनेछ । फ्रान्सलाई हराउँदै स्पेन पनि फाइनलमा पुगेको छ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया