गाजा शहर खाली गर्न प्यालेस्टिनीलाई इजरायलको आग्रह

 असार २७, २०८१ बिहीबार ६:५१:४३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायली सेनाले प्यालेस्टिनीहरूलाई गाजा शहर खाली गर्न आग्रह गरेको छ । उत्तरी गाजामा तीव्र सैन्य कारबाहीकाबीच सेनाले गाजाका दक्षिणदेखि मध्य गाजा पट्टीसम्मका सबै क्षेत्र खाली आग्रह गरेको हो । सेनाले विमानबाट पर्चा खसालेर त्यहाँका स्थानीयलाई  सुरक्षित मार्गबाट खतरनाक युद्ध क्षेत्र छोड्न भनेका बीबीसीले जनाएको छ ।

गाजा खाली गर्न पटक–पटक भइरहेको आदेशप्रति संयुक्त राष्ट्र सङ्घले चिन्ता व्यक्त गरेको छ । युद्ध शुरु भएपछि गाजा शहरलाई पूर्ण रूपमा खाली गर्न भनिएको यो दोस्रो पटक हो । पछिल्ला दुई हप्तामा इजरायली सेनाले गाजा शहरका धेरै जिल्लाहरूमा पुनः प्रवेश गरेर नियन्त्रणमा लिने प्रयास गरेको छ ।

इजरायलको नयाँ गतिविधिले सम्भावित युद्धविराम र बन्धक रिहाइ सम्झौतामा हिजो कतारमा पुनः शुरु भएको वार्तालाई प्रभावित पार्नसक्ने विद्रोही समूह हमासको प्रतिक्रिया छ । गाजामा अझै २ लाख ५० हजारभन्दा धेरै मानिस बसोबास गरिरहेका अनुमान छ । 

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया