जापानमा भालुको आक्रमण बढ्न थाल्यो

 असार २७, २०८१ बिहीबार ९:४४:३६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जापानमा भालुको आक्रमण बढ्न थालेपछि  शिकारसम्बन्धी कानुनलाई खुकुलो बनाउने तयारी भइरहेको छ । भालुको आक्रमणमा डरलाग्दो वृद्धि भईरहँदा जापानले आवासीय क्षेत्रहरूमा जनावरहरूलाई गोली हान्न सजिलो हुने नीति बनाउन आवश्यक रहेको बताएको हो ।

यो वर्ष सन् २०२४ को जनवरीदेखि  अप्रिलसम्म ३ महिनामा जापानमा २ सय १९ जना मानिस भालुको आक्रमण परेका थिए । यीमध्ये ६ जना गम्भीर  घाइते भएका बीबीसीले जनाएको छ । जापानमा पछिल्लो समय भालुहरु धेरै जनसङ्ख्या भएकाको क्षेत्रमा पसेर मानिसहरुमाथि घातक आक्रमण गरिरहेका खबरमा उल्लेख छ ।

विशेषगरी शहरभन्दा बाहिरका क्षेत्रका मानिसहरु भालुको आक्रमणमा परेर गम्भीर घाइते हुने गरेका छन् । ज्यान गएको घटना भने रेकर्ड भएको छैन । जापानमा अहिलेको कानूनअनुसार, इजाजतपत्र प्राप्त शिकारीहरूले प्रहरी अधिकारीको स्वीकृति पछि मात्र जनावरलाई गोली हान्न पाउँछन् ।

सरकारले हतियारको स्वतन्त्र प्रयोगका  लागि संसदको आउँदो  अधिवेशनमा कानून परिमार्जन गर्ने योजना बनाएको छ । जापानको उत्तरी क्षेत्रमा  भालुको सङ्ख्या सन् १९९० देखि दोब्बरभन्दा बढी भएको छ । त्यहाँ झण्डै १२ हजार खैरो भालुहरू छन्, खैरो भालुहरु कालो भालुभन्दा धेरै आक्रामक मानिन्छन् ।

स्थानीय सरकारहरूले पनि भालुहरूको आक्रमणबाट मानव बस्तीलाई जोगाउन  विभिन्न प्रयास गरिरहेका छन् । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया