सिङ्गापुरले सन् २०२५ मा नयाँ डिजेल कार दर्ता बन्द गर्ने

 असार २७, २०८१ बिहीबार १२:५७:५८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सिङ्गापुरले आफ्नो स्वच्छ ऊर्जा दृष्टिलाई समर्थन गर्न सन् २०२५ देखि नयाँ डिजेल कार र ट्याक्सी दर्ता गर्न बन्द गर्ने भएको छ । डिजेल कार मालिकहरूले आफ्नो हकदार प्रमाणपत्र नवीकरण गर्न सक्ने तर नवीकरणलाई निरुत्साहित गर्न सडक करको उच्च वृद्धि गरिने त्यहाँको भूमि यातायात प्राधिकरण (एलटीए) ले जनाएको छ।

सन् २०२१ मै संसद्‍मा सरकारको वातावरणीय दिगोपन योजनाबारेको छलफलका क्रममा तीन वर्षमा प्रदूषण बढाउने गाडीको उत्पादनमा कमी ल्याउने घोषणा गरिएको थियो ।

घोषणाअनुसार नयाँ डिजेल कार र ट्याक्सी दर्ता १ प्रतिशतमा झारिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अब आउने नयाँ कार तथा ट्याक्सीहरू सबै स्वच्छ ऊर्जामैत्री हुनुपर्ने प्रावधान ल्याएर सन् २०३० देखि अनिवार्य गर्ने तयारी छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया