अमेरिकी किशोरीहरूमा कम उमेरमै महिनावारी शुरु हुने क्रम बढ्याे : अध्ययन

 असार २७, २०८१ बिहीबार १५:४८:५९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अमेरिकामा गरिएको एउटा नयाँ अनुसन्धानले किशोरीहरूमा कम उमेरमै महिनावारी शुरु हुन थालेको देखाएको छ । एक शताब्दीअघिका अमेरिकी किशोरीहरूसँग तुलना गर्दा अहिलेका किशोरीहरूमा झन्डै ४ वर्ष चाँडै महिनावारी शुरु हुने गरेको देखिएको अनुसन्धान प्रतिवेदनलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

प्रतिवेदनअनुसार सन् १९५० देखि १९६९ मा जन्मिएका किशोरीहरूमा औसततमा साढे १२ वर्षको उमेरमा महिनावारी शुरु हुने गरेकोमा सन् २००० काे दशकमा जन्मिएका किशोरीहरूमा औसतमा ११ वर्ष १० महिनामै महिनावारी शुरु भएको पाइएको छ । पहिलो पटक महिनावारी भएपछि बालिकाहरूको स्तनको विकास हुने र किशोरावस्थामा देखिने परिवर्तन चाँडो चाँडो देखा पर्ने प्रतिवेदनमा उल्लेख छ ।

केही वर्षअघि दक्षिण कोरियामा गरिएको अनुसन्धानले पनि बालिकाहरू समयअघि नै किशोरावस्थामा पुग्ने गरेका देखाएको थियो । दक्षिण कोरियामा सन् २००८ को तुलनामा २०२० मा ८ वर्षको उमेरभन्दा अगाडि नै स्तनको विकास र महिनावारी शुरु हुने क्रम १६ गुनाले बढेको पाइएको थियो ।

चाँडै किशोरावस्था देखा परेका बालिकाहरूलाई स्तन र डिम्बाशयको क्यान्सरदेखि मोटोपना, मधुमेह र मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिमसँगै प्रजनन समय अविधि घटाउने जस्ता समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । वैज्ञानिकहरूले चाँडो महिनावारी शुरु हुनुमा मोटोपना र वायु प्रदूषणलाई मुख्य कारण मानेका छन् ।

अन्तिम अपडेट: भदौ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया