सरकारसँग ६० अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी : निर्माण व्यवसायी

 असार २७, २०८१ बिहीबार १८:३०:० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – निर्माण व्यवसायीहरूले सरकारसँग ६० अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी रहेको दाबी गरेको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले आज काठमाण्डाैमा पत्रकार सम्मेलन गरेर गएको आर्थिक वर्ष र चालू आर्थिक वर्षको गरी ६० अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी रहेको जानकारी गराएको हो ।

असार मसान्त भइसक्दासमेत सरकारले रकमान्तर र भुक्तानी फुकुवा नगरेका कारण ठूलो मात्राको रकम अझै निकासा हुन नसकेको हो । प्रधानमन्त्री र मन्त्रीहरूको पटक–पटकको प्रतिबद्धता विपरीत असार मसान्तमा समेत अर्बाैँ रकम भुक्तानी नपाएको उनीहरूले गुनासो गरेका छन् ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया