साफ अन्तर्गतका सात देशका फुटबल सङ्घका अध्यक्ष, महासचिवको बैठक काठमाण्डौमा हुने

 असार २८, २०८१ शुक्रबार ७:१३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)अन्तर्गत रहेका सात देशका फुटबल सङ्घका अध्यक्ष तथा  महासचिवको बैठक काठमाण्डौमा हुने भएको छ । दक्षिण एसियामा फुटबलको विकास, विस्तार र प्रतियोगिताबारे छलफल गरिने बैठक आउने साउन ७ र ८ गते काठमाण्डौमा हुने टुङ्गो लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले जानकारी दिनुभयो ।

साफमा नेपालसहित भारत, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, भुटान र पाकिस्तान सदस्य छन् । एन्फाले आयोजना गर्न लागेका अन्तर्राष्ट्रिय दुई प्रतियोगिता २० वर्ष मुनिको साफ च्याम्पियनसिप २०२४ र साफ महिला च्याम्पियनसिप २०२४ को पूर्वसन्ध्यामा दक्षिण एसियाली क्षेत्रका फुटबल सङ्घका अध्यक्ष, महासचिवको बैठक काठमाण्डौमा हुने भएको हो । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया