युक्रेनमा नाटोको विस्तार रुसका लागि ‘अस्वीकार्य खतरा’ हुने सङ्केत

 असार २८, २०८१ शुक्रबार ९:२६:२० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को युक्रेनमा विस्तार हुनु रूसको सुरक्षाका लागि ‘अस्वीकार्य खतरा’ भएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताउनुभएको छ । वासिङ्टनमा भएको नाटो शिखर सम्मेलनमा अस्ति बुधवार पारित संयुक्त घोषणापत्रमा ‘युक्रेनको भविष्य नाटो मै रहेको’ उल्लेख भएपछि पेस्कोभको यो टिप्पणी आएको हो ।

पेस्कोभले नाटोको गठबन्धन युक्रेनी द्वन्द्वमा पूर्ण रूपमा संलग्न रहेकाले यसको सैन्य पूर्वाधार क्रमिक रूपमा रूसको सीमातर्फ अघि बढिरहेको दाबी गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । शिखर सम्मेलनमा अपनाइएका उपायले रूसको राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न उपयुक्त कदम चाल्न बाध्य बनाएको क्रेमलिनका प्रवक्ता पेस्कोभले बताउनुभयो ।

नाटोलाई नियन्त्रण गर्न विचारशील, समन्वयात्मक र प्रभावकारी प्रतिकार्य उपायहरू बनाउन जरुरी रहेको रुसको भनाई छ । 

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया