अर्जेन्टिनाका एन्जेल डि मारियाले कोपा अमेरिकाको फाइनल खेलपछि सन्न्यास लिने

 असार २८, २०८१ शुक्रबार ९:३५:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अर्जेन्टिनाका एन्जेल डि मारियाले आउँदो सोमवार विहान हुने कोपा अमेरिकाको फाइनल खेलपछि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिने भएका छन् । फ्लोरिडाको मियामी गार्डेन्समा हुने फाइनलका कोलम्बियासँगको खेलपछि ३६ वर्षीय डि मारियाले सन्न्यास लिने भएका हुन् ।

उनले सन् २००८ मा अर्जेन्टिनी टोलीबाट खेल्न शुरु गरेका थिए । मारियाले १ सय ४४ खेलमा ३१ गोल गरेका छन् । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएर आफूले सन्न्यास लिन चाहेको उनले बताएका छन् ।

अर्जेन्टिनालाई दोस्रो पटक विश्वकप र १५ औँ पटक कोपा अमेरिकाको उपाधि जिताउन कप्तान लिओनल मेसीसँगै डि मारियाले महत्त्वपूर्ण भूमिका खेलेका थिए । 

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया