स्कटल्याण्डको समुद्री किनारमा ७७ वटा मरेको ह्वेल माछा भेटिए

 असार २८, २०८१ शुक्रबार १२:१०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

स्कटल्याण्डको ओर्कनेमा रहेको समुद्री किनारमा ७७ वटा मरेको ह्वेल माछा फेला परेको छ । ब्रिटिस डाइभर्स मरिन लाइफ रेस्क्यु (बीडीएमएलआर) ले स्यान्डे टापुमा १२ वटा जीवित ह्वेल माछा भेटाएको बताए पनि पछि सबै मरेको जनाएको छ ।

मरेका ह्वेल माछाको समूहमा सात मिटरसम्म लम्बाइ भएको भाले ह्वेल माछा, पोथी ह्वेल माछा र केही बच्चा र हुर्किसकेका ह्वेल माछा रहेका बीबीसीले जनाएको छ । ह्वेल माछाको पूरै समूह मरेको विषयमा अनुसन्धान गर्नै बाँकी रहेको विज्ञहरूले बताएका छन् । उनीहरूले माछा मरेको ठाउँबाट टाढै रहन नागरिकलाई अनुरोध गरेका छन् ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया