श्रीलङ्काका कप्तान हसरंगाले राजीनामा दिए

 असार २८, २०८१ शुक्रबार १२:२५:४८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – श्रीलङ्काको राष्ट्रिय क्रिकेट टोलीका कप्तान वानिन्दु हसरंगा डी शिल्भाले पदबाट राजीनामा दिएका छन् ।

आईसीसी टी–२० विश्वकप क्रिकेट २०२४ मा टोलीले खराब प्रदर्शन गरेपछि हसरंगाले राजीनामा दिएका हुन् । टी–२० विश्वकपमा श्रीलङ्का समूह चरणबाटै बाहिरिएको थियो ।

राजीनामा दिँदै हसरंगाले एक खेलाडीको हैसियतले टोलीका लागि उत्कृष्ट प्रदर्शन जारी राख्ने प्रतिबद्धता जनाएका छन् । श्रीलङ्का टोलीले यसै महिना भारतसँग तीन टी–२० र तीन एकदिवसीय शृङ्खला खेल्दैछ । खेल जुलाई २७ देखि अगस्ट ७ सम्म चल्नेछ ।

हसरंगाको कप्तानीमा श्रीलङ्काले १० टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेकामा ६ खेलमा जीत हात पारेकाे थियाे ।

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया