अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै बलिङ गर्ने विश्वको पहिलो तीव्र गतिका बलर बने एन्डरसन

 असार २८, २०८१ शुक्रबार १५:३०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्गल्यान्डका जेम्स एन्डरसन अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै बलिङ गर्ने विश्वको पहिलो तीव्र गतिका बलर बनेका छन् । घरेलु मैदानमा वेस्ट इन्डिजसँगको पहिलो टेस्ट क्रिकेटमा एन्डरसनले यो उपलब्धि हासिल गरेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ४ सय १ खेलमा ५० हजारभन्दा धेरै पटक बलिङ गरेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै बलिङ गर्ने बलरको शीर्ष स्थानमा भने श्रीलङ्काका मुथैया मुरलीधन छन् । उनले ४ सय ९५ खेलमा ६३ हजार १ सयभन्दा धेरै पटक बलिङ गरेका छन् । यस्तै दोस्रो स्थानमा रहेका भारतका अनिल कुम्ब्लेले ४ सय ३ खेलमा ५५ हजार ३ सयभन्दा धेरै बलिङ गरेका छन् । मुथैया र अनिल दुवै स्पिनर बलर हुन् । एन्डरसन भने तीव्र गतिका बलर हुन् ।

यसैगरी जेम्स एन्डरसन टेस्ट क्रिकेटमा ४ हजार पटक बलिङ गर्ने चौथो बलर बनेका छन् । यसअघि मुथैया मुरलीधरन, अनिल कुम्ब्ले र अस्ट्रेलियाका शेन वार्नले यो उपलब्धि हासिल गरिसकेका छन् ।

आफ्नो टेस्ट करियरको अन्तिम खेल खेलिरहेका एन्डरसनले टेस्ट क्रिकेटमा अहिलेसम्म ७ सय ३ विकेट लिएका छन् । टेस्ट क्रिकेटमा मुथैया मुरलीधरनले सबैभन्दा धेरै ८ सय विकेट लिएका छन् । यस्तै शेन वार्न ७ सय ८ विकेटसहित दोस्रो स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया