दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतको अन्तरिम जमानत

 असार २८, २०८१ शुक्रबार १५:२९:३५ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा सर्वाेच्च अदालतले अन्तरिम जमानत दिएको छ ।

दुई जना न्यायाधीशको इजलासले मुद्दाको सुनुवाइ गर्दै केजरीवाललाई अन्तरिम जमानत दिएको बीबीसी हिन्दीले जनाएको छ । सर्वाेच्चले यो विषयमा अझै केही बिषयहरु बाँकी रहेको भन्दै पूर्ण इजलासमा पठाएको खबरमा उल्लेख छ ।

अन्तरिम जमानत पाए पनि केजरीवाल जेलबाहिर आउन भने पाउने छैनन् । सर्वाेच्चले उनलाई ईडीको तर्फबाट गरिएको पक्राउको विषयमा अन्तरिम जमानत दिएको हो । केजरीवाललाई केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले पक्राउ गरेको छ । केजरीवालले सीबीआईले गरेको पक्राउलाई लिएर दिल्ली उच्च अदालतमा निवेदन दिएका छन् । यो विषयमा यहि जुलाई १७ तारिखमा सुनुवाइ हुँदैछ ।

दिल्लीको रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको आरोपमा केजरीवाललाई ईडीले गएको मार्च २१ तारिखमा पक्राउ गरेको थियो । पहिले उच्च अदालतमा पुगेको यो विषय त्यहाँबाट खारेज भएपछि सर्वाेच्च अदालतमा पुगेको थियो ।

यसअघि लोकसभा चुनावका क्रममा प्रचारका लागि सर्वाेच्चले २१ दिनका लागि अन्तरिम जमानत दिएको थियो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया