विश्वमा दैनिक ८ सय जना महिला गर्भ र सुत्केरी अवस्थाकै कारण ज्यान गुमाउँदै

 असार २८, २०८१ शुक्रबार १८:३१:२२ | एजेन्सी
unn.prixa.net

विश्वमा अहिले गर्भ र प्रसवसम्बन्धी समस्याका कारण दैनिक झन्डै आठ सय जना महिलाले ज्यान गुमाउने गरेको पाइएको छ । हरेक वर्ष जुलाई ११ मा मनाइने विश्व जनसङ्ख्या दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दिनुभएको सन्देशमा यस्तो तथ्याङ्क समावेश गर्नुभएको हो ।

महासचिव गुटेरेसले २१ औँ शताब्दीमा पनि हरेक दिन झन्डै ८ सय जना महिलाले गर्भावस्था तथा प्रसवको समयमा अनावश्यक ज्यान गुमाउनु अपमानजनक अवस्था रहेको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उहाँले यसरी ज्यान गुमाउनेको सङ्ख्या विकासोन्मुख देशहरूमा अझै धेरै रहेको पनि बताउनुभयो ।

दैनिक आठ सय जनाको ज्यान गइरहेको यो तथ्याङ्क सन् २००० को भन्दा ३४ प्रतिशत कम हो । आधुनिक गर्भनिरोधकमा पहुँच भएकाले मातृ मृत्युदर घटेको भए पनि गर्भावस्था र प्रसवसम्बन्धी समस्यामा महिलाहरूले ज्यान गुमाउनुपर्ने अहिलेको अवस्था प्रविधि र ज्ञानको विकासअनुसार उपयुक्त नभएको राष्ट्रसङ्घले जनाएको छ ।

अन्तिम अपडेट: असोज २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया