अमेरिकी राष्ट्रपति बाइडेनमाथि चुनावी प्रतिस्पर्धाबाट बाहिरिन सहकर्मीहरुको दवाब

 असार २९, २०८१ शनिबार ६:४४:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – अमेरिकी राष्ट्रपति जाे बाइडेनले मानसिक स्वास्थ्यको चिन्ता सम्बोधनका लागि चिकित्सकको सिफारिसमा ‘न्युरोलोजिकल’ परीक्षण गर्न तयार रहेको बताउनुभएको छ। आफ्नै पार्टीका नेताहरुले आउँदो चुनावको उम्मेदवारीलाई लिएर गरिरहेको चिन्ताकाबीच उहाँले न्यूरोलोजिकल परीक्षण गर्न तयार रहेको बताउनुभएको समाचार संस्था एएनआइले जनाएको छ ।

राष्ट्रपति पदको अर्को कार्यकालका लागि उम्मेदवार रहेका बाइडेनको मानसिक स्वास्थ्य ठिक नभएको भन्दै चिन्ता व्यक्त भइरहेको छ। बाइडेनले आफू राष्ट्रपति कार्यालयमा रहँदा तीन पटक मस्तिष्क स्वास्थ्य जाँच गरेको सबै नतिजा सकरात्मक रहेका पनि बताउनुभएको छ ।

बाइडेनले आफू राष्ट्रपति पदको प्रतिस्पर्धाका लागि प्रतिबद्ध रहेको बताउनुभयो । साथै उहाँले एक कमजोर बहस प्रदर्शनपछि राष्ट्रपतिका लागि आफ्नो योग्यताको बारेमा चिन्तित विरोधी र अमेरिकी मतदातासमक्ष आफूलाई पुष्टि गर्न आवश्यक रहेको पनि स्वीकार गर्नुभएको छ ।

जुन २८ मा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सिएनएन बहसपछि सहकर्मी नेताहरूले बाइडेनलाई राष्ट्रपति पदको प्रतिस्पर्धाबाट पछि हट्न दवाब दिइरहेका छन् ।  

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया