अर्को बर्षको ओलम्पिक खेलकुद साउदी अरेबियामा हुने आइओसीको घोषणा

 असार २९, २०८१ शनिबार ७:१२:२४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले सन् २०२५ को ओलम्पिक खेलकुद साउदी अरेबियामा आयोजना गर्ने घोषणा गरेको छ। आइओसीले साउदी अरेबियाको राष्ट्रिय ओलम्पिक समिति (एनओसी) सँग साझेदारी गर्न लागेको घोषणा गरेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

पेरिस ओलम्पिक खेलकुद सन् २०२४ को पूर्वसन्ध्यामा आयोजना हुने आइओसीको बैठकले खेलकुद आयोजना हुने शहर छनोट, कार्यक्रमको निश्चित समय, समावेश हुने उपाधि, खेलाडीको योग्यता प्रक्रिया निर्णय गर्नेछ । आइओसीले ओलम्पिक खेलकुदमा अघिल्लो संस्करण शुरु हुँदै गर्दा अर्को संस्करणमा समावेश गर्ने खेलहरुबारे निर्णय गर्ने गर्दछ ।

आइओसीले ओलम्पिक खेलका लागि सङ्गठनात्मक र वित्तीय मोडेल पनि परिमार्जन गर्ने घोषणा गरेको छ ।  

अन्तिम अपडेट: भदौ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया