चीनमा बालबालिका लक्षित हानिकारक सामग्री तथा सामाजिक सञ्जाल प्रतिबन्ध अभियान शुरु

 असार २९, २०८१ शनिबार १८:१९:४६ | एजेन्सी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – चीनले बालबालिका लक्षित हानिकारक सामग्री तथा सामाजिक सञ्जालमा प्रतिबन्ध अभियान सञ्चालन गरेको छ । यो अभियानमा सामाजिक सञ्जाल, भिडियो एप गेमिङ र सपिङ प्लेटफर्मलगायतका क्षेत्रमा कडा निगरानी र कडाइ गर्न थालिएको छ ।

सत्तारूढ कम्युनिस्ट पार्टीले घरेलु वेबलाई कडाइका साथ नियमन गरी अश्लील तथा राजनीतिक रूपमा नकारात्मक मानिने सामग्रीमा सेन्सर नै गर्ने भएको छ । चीनको इन्टरनेट वाचडगले इन्टरनेटमा बालबालिकाको सुरक्षालाई थप प्रभावकारी साथै स्वस्थ, सुरक्षित अनलाइनको वातावरण बनाउने गरी दुई महिनाको 'क्लियर एन्ड ब्राइट' अभियान शुर गरेको हो ।

यो अभियानले छोटो–भिडियो, लाइभ स्ट्रिमिङ प्लेटफर्म, सामाजिक सञ्जाल, अनलाइन सपिङ प्लेटफर्म, एप स्टोर, बालबच्चाका लागि स्मार्ट उपकरण र नाबालिगका लागि अनलाइन नियन्त्रणसँग सम्बन्धित अहिले देखिएका प्रमुख समस्याको धेरै समाधान गर्न सहयोग पुग्ने चीनको साइबर स्पेस प्रशासनले उल्लेख गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीन सरकारले १८ वर्ष मुनिका बालबालिकाले अनलाइन गेम खेल्ने समय पनि कटौती गरेको छ ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया