गाजाको मानवीय क्षेत्रमा इजरायली सेनाको हवाइ आक्रमण : ९० जनाको ज्यान गयो

 असार ३०, २०८१ आइतबार ६:५३:२४ | एजेन्सी
unn.prixa.net

एजेन्सी

इजरायली सेनाले गाजाको एउटा मानवीय क्षेत्रमा हवाई आक्रमण गर्दा कम्तीमा ९० जनाको ज्यान गएको छ । अरू तीन सय जनाभन्दा धेरै घाइते भएका प्यालेष्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

हमासका अनुसार इजरायली सेनाले युद्धक्षेत्रबाट विस्थापित भएर बसेका मानिसको बसोबास रहेको क्षेत्रमा आक्रमण गरेको हो । त्यस क्षेत्रलाई यसअघि इजरायली सेनाले नै सुरक्षित क्षेत्र तोकेर प्यालेस्ष्टिनीलाई शरण लिन आग्रह गरेको थियो ।

इजरायली सञ्चारमाध्ययमका अनुसार सेनाले हमासका वरिष्ठ नेता मोहम्मद डेफलाई लक्षित गरी आक्रमण गरेको हो । इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहूले भने घटनाको अनुसन्धान भइरहेको बताउनुभएको कतारी सञ्चारमाध्ययम अलजजिराले जनाएको छ ।

गएको अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण गरिरहेको छ । गाजामा अहिलेसम्म ३८ हजार चार सय ४३ जनाको ज्यान गएको र ८८ हजार चार सय ८१ जना घाइते भएका हमासले जनाएको छ ।  

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया