अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प अस्पतालबाट डिस्चार्ज, चुनावी अभियानलाई निरन्तरता दिने

 असार ३०, २०८१ आइतबार १५:१७:३७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी पूर्वराष्ट्रपति तथा आउँदो चुनावका उम्मेदवार डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । आज बिहान चुनावी अभियानका क्रममा कानमा गोली लागेका ट्रम्प चार घण्टाको उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उहाँ अस्पतालबाट आफ्नो घर न्यु जर्सी जानुभएको बीबीसीले जनाएको छ ।

पेन्सिलभेनिया राज्यको बटलरमा आज बिहान चुनावी भाषण गर्दै गर्दा ट्रम्पलाई एक जनाले गोली प्रहार गरेका थिए । यो घटनामा सभामा रहेका एक जना र गोली प्रहार गर्ने व्यक्तिको ज्यान गएको छ । गोली हान्ने व्यक्ति २० वर्षका युवा रहेको खुलेको छ ।

यसैबीच अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानलाई निरन्तरता दिने बताउनुभएको छ । आउँदो हप्ताका लागि तय भएका सबै र्‍याली र सभामा आफू सहभागी हुने ट्रम्पले जनाउनुभएको छ ।

अमेरिकी गुप्तचर निकायले ट्रम्पको हत्या गर्ने नियतले नै गोली प्रहार भएको जनाएको छ । गोलीबारीको घटनालाई हत्याको प्रयासको रूपमा अनुसन्धान भइरहेको पनि कानुन प्रवर्तन अधिकारीहरूले बताएका छन् ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया