गल्ती गर्ने कोही बच्नु हुँदैन, मेरो बारेमा पनि अनुसन्धान गर्नुस् : गृहमन्त्री लामिछाने

 असार ३०, २०८१ आइतबार १५:५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज सरकारबाट बिदा हुनुभएका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका विषयहरूको अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गर्नुभएको छ ।

आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृहमन्त्री लामिछानेले आफ्नो बारेमा धेरै प्रश्नहरू उठेको भन्दै आफू मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजदेखि अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताउनुभएको हो । उहाँले आफूले सरुवा र बढुवा कुनै व्यक्ति विशेषलाई हेरेर नगरेको उल्लेख गर्नुभयो ।

गृहमन्त्री लामिछानेले आफूले नेपाल प्रहरीमा कुनै पनि विधि मिच्ने काम नगरेको जिकिर गर्नुभयो । गल्ती गरेको जो कोही पनि बच्न र बचाउन नहुने उहाँको भनाइ छ ।

‘सरुवा र बढुवा कुनै व्यक्ति विशेषलाई हेरेर मैले गरेको छैन । मेरो बारेमा धेरै कुरा उठेका छन् । मैले आजसम्म आफ्ना विषयमा यो गर्नुहोस्, त्यो गर्नुहोस् भनेको छैन, निर्देशन दिएको छैन । तर पनि मन्त्री भएका कारणले केही अफ्ठ्यारो परेको रहेछ भने आजैदेखि  मेरा विषयमा गहन अध्ययन, गहन अनुसन्धान गर्नुस् । गल्ती गरेको जो कोही होस्, त्यो बच्नु हुँदैन, बचाउनु हुँदैन ।’

यसैगरी गृहमन्त्रीले सुन तस्करी प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न आफूलाई कुनै आपत्ति नरहेको भए पनि राज्यका सुरक्षा निकायको गोपनीयतालाई मध्यनजर गरी सार्वजनिक नगरेको बताउनुभयो । उहाँले सरकार निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानको अन्तिममा पुगेको दाबी पनि गर्नुभयो ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया