युरो कपको उपाधि स्पेनलाई, इङ्ल्यान्ड उपविजेता

 असार ३१, २०८१ सोमबार ६:१६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ । बर्लिनमा आज बिहान भएको फाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै स्पेनले युरो कपको उपाधि जितेको हो ।

खेलको ४७ औं मिनेटमा निको विलियम्सलले गोल गरेर स्पेनलाई अग्रता दिलाए । ७३ औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल गर्‍याे । उसका कोल पालमरले गोल गरेका हुन् । तर ८६औं मिनेटमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जिताएका हुन् ।

स्पेनको यो चौथो युरो उपाधि हो । इङ्ल्यान्ड भने लगातार दोस्रो पटक युरो कपको उपविजेतामा सीमित भएको छ । इङ्ल्यान्डले अहिलेसम्म युरो कप उपाधि जित्न सकेको छैन ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया