इजरायली सेनाको पछिल्लो आक्रमणमा हमासका कमाण्डर मारिएको दाबी

 असार ३१, २०८१ सोमबार १२:१२:५५ | एजेन्सी
unn.prixa.net

एजेन्सी

इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा विद्रोही समूह हमासका वरिष्ठ कमाण्डर मारिएको जनाएको छ । अस्ति शनिवार इजरायली सेनाले गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ कमाण्डर राफा सलामा मारिएको इजरायलले दाबी गरेको हो । तर हमासले भने यसको पुष्टि नगरेको बीबीसीले जनाएको छ ।

सेनाले गएको अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणको मुख्य योजनाकार सलामा रहेको बताएको छ । हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको खान युनिसमा सहायताका लागि बसेका थुप्रै नागरिक रहेको शरणार्थी शिविरमा आक्रमण गरेको जनाएको छ ।

यो आक्रमणमा आक्रमणमा एक सय १४ प्यालेस्टाइनी मारिएको र चार सय जना घाइते भएका मन्त्रालयले दाबी गरेको छ । इजरायलले हमासका वरिष्ठ नेता निशाना बनाएको भन्दै आएको छ । तर हमास नेताले इजरायलले नागरिकलाई निशाना बनाएको आरोप लगाएका छन् । 

अन्तिम अपडेट: भदौ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया