एम्बाप्पेले रियल मड्रिडसँग ५ वर्षकाे सम्झाैता गरे

 साउन १, २०८१ मंगलबार १८:२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – फ्रान्सका युवा फुटबलर केलियन एम्बाप्पेले स्पेनी क्लब रियल मड्रिडसँग ५ वर्षकाे सम्झौता गरेका छन् । क्लबका अध्यक्ष फ्लोरेन्तिनो पेरेज र फ्रान्सेली स्ट्राइकर एम्बाप्पेले आजसम्झौता हस्ताक्षर गरेका हुन् ।

सम्झौताअघि एम्बाप्पेको मेडिकल जाँच भएको थियो । मेडिकल जाँच पास भएपछि उनलाई ८० हजार जना दर्शकको अघि मड्रिडको सान्टियागो बर्नबेउ स्टेडियममा उपस्थित गराइएको थियो । उनले ९ नम्बरको जर्सी लगाउनेछन् । एम्बाप्पेले रियल मड्रिडका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोले जस्तै सुविधा पाउनेछन् ।

यसअघि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) मा रहेका एम्बाप्पेले टोलीका लागि सबैभन्दा धेरै २ सय ५६ गोल गरेका छन् ।

एम्बाप्पेले सन् २०२९ सम्म रियल मड्रिडमा रहँदा हरेक सिजन १५ मिलियन युरो पाउनेछन् । यस्तै ५ वर्षे सम्झौता अवधिमा १ सय ५० मिलियन बोनसका साथै तस्बिरको कपिराइट बापतको रकम पनि उनले पाउनेछन् ।

अन्तिम अपडेट: भदौ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया