न्युजिल्यान्डकाे समुद्री तटमा अति दुर्लभ प्रजातिको ह्वेल माछा मृत अवस्थामा भेटियो

 साउन १, २०८१ मंगलबार १८:२७:४२ | एजेन्सी
unn.prixa.net

न्युजिल्यान्डकाे समुद्री तटमा अति दुर्लभ प्रजातिको ह्वेल माछा मृत अवस्थामा भेटिएको छ । वैज्ञानिकहरूका अनुसार बेल्चा आकारको दाँत भएको दुर्लभ ह्वेलको मृत शरीर न्युजिल्यान्डको समुद्री तटमा डुबेको देखिएको समाचार संस्था एएफपीले जनाएको छ ।

यस्तो ह्वेल अहिलेसम्म जीवित अवस्थामा कहिल्यै देखिएको थिएन । सरकारी अनुसन्धानकर्ताहरूले यही जुलाई ४ तारिखमा दक्षिणी ओटागो प्रान्तमा पाँच मिटर लामो ह्वेलको मृत शरीर भेटाएका थिए । न्युजिल्यान्डको संरक्षण विभाग र राष्ट्रिय सङ्ग्रहालयका समुद्री स्तनधारी विज्ञहरूले यसलाई बेल्चा आकारको दाँत भएको भाले ह्वेल भएको बताएका छन् ।

वैज्ञानिकहरूले यसको वर्गीकरण पुष्टि गर्न डीएनए अनुसन्धान शुरु गरिएको बताएका छन् । तर डीएनए परीक्षण गर्न र पहिचान पुष्टि गर्न धेरै हप्ता वा महिना लाग्न सक्छ । बेल्चा आकारका दाँत भएका ह्वेलहरू आधुनिक समयका सबैभन्दा कम देखिने ठूला स्तनधारी प्रजातिहरूमध्ये एक भएको संरक्षण विभागका प्रबन्धक गेब डेविसले बताउनुभएको छ ।

सन् १८०० सय पछि यस्ता छ वटा मात्रै ह्वेलको नमुना भेटिएको छ । छमध्ये पाँच वटा नमुना न्युजिल्यान्डमै भेटिएका थिए । ह्वेलको यो प्रजाति निकै दुर्लभ भएकाले यसको बारेमा निकै कम जानकारी रहेको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: भदौ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया