धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
कैलाली – कमैया मुक्ति घोषणा भएको २४ वर्ष पुगेको छ । २०५७ साल साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो । तर अझै पनि आफूहरु पुनःस्थापनको पर्खाइमा रहेको कैलालीको टीकापुर नगरपालिका शिवनगरका गणेश चौधरी बताउनुहुन्छ ।
सरकारले ऋण मिनाहासहित पुनःस्थापना गर्नेगरी कमैया मुक्तिको घोषणा गरे पनि आफूजस्तै सयौँ परिवार पुनःस्थापनाको पर्खाइमा रहेको उहाँको भनाई छ । कमैयाले आफ्नो क्षमतामा बस्ने बाससम्म बनाउन नसकेको अवस्था छ । पटक-पटक आश्वासन पाएको तर सहारा नपाएको चौधरीजस्तै मुक्त कमैयाको गुनासो छ । `हिजो अरुको घरमा काम गर्दा आफ्नो स्वतन्त्रता थिएन, आज स्वतन्त्रता छ, फरक त्यतिमात्र हो´ शिवनगरकै रामफल चौधरीको भनाई छ ।
दुई दशक पहिला टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको जग्गा अतिक्रमण गरेर सयौँ मुक्तकमैया आश्रय लिएका र अहिलेसम्म बसोबास गर्दै आएका छन् । त्यस क्षेत्रमा मुक्त कमैयामात्र नभई सयौँ सुकुम्बासी पनि बसोबास गर्दै आएका छन् ।
मुक्त कमैया समाज सुदूरपश्चिम प्रदेशका सचिव विमल चौधरीले कैलालीमा अझै चार हजार दुई सय छुट मुक्त कमैयाको पुनःस्थापना गर्न बाँकी रहेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा झण्डै १२ हजार मुक्त कमैया परिवार छन् । मुक्त कमैया व्यवस्थापन गर्न तीनै तहको सरकारसँग समन्वय र सहकार्य गर्दै आएको सचिव चौधरीले बताउनुभयो ।
मुक्त कमैया दिवसको अवसर पारेर टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिकालगायतका पालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।