राफेल नाडाल यूएस ओपनका लागि प्रवेश सूचीमा

 साउन २, २०८१ बुधबार १०:२६:११ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चार पटकका च्याम्पियन राफेल नाडाल  यूएस ओपनका लागि प्रवेश सूचीमा परेका छन् । हिजो सार्वजनिक गरिएको मुख्य ड्र मा ३८ वर्षीय स्पेनी खेलाडी नाडालले अगस्ट २६ तारिखदेखि शुरु हुने प्रतियोगितामा कोर्ट उत्रने गरी नवौँ वरियता प्राप्त गरेका छन् ।

२२ पटकको ग्रान्डस्लाम विजेता नाडालले नर्डिया ओपनमा लियो बोर्गलाई ६–३, ६–४ को सेटमा पराजित गर्दै मे २७ तारिखपछि पहिलो एकल खेल खेलेका हुन् । सन् २०१९ मा न्युयोर्कको हार्डकोर्टमा चौथो पटक उपाधि जितेपछि नाडालले सन् २०२२ मा एक पटक मात्र यूएस ओपन खेलेका छन् ।

उनी १४ खेलाडीमध्ये एक थिए, जसले संरक्षित वरीयताका साथ मुख्य ड्र मा स्थान बनाएका थिए । नाडालले सन् २०१०, २०१३, २०१७ र २०१९ मा यूएस ओपनको उपाधि जितेका थिए ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया