बङ्गलादेशमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ६ जनाको ज्यान गयो

 साउन २, २०८१ बुधबार १३:२:५९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बङ्गलादेशमा रोजगारीमा आरक्षणसम्बन्धी व्यवस्थाको विरोधमा भएको प्रदर्शनमा ६ जनाको ज्यान गएको छ । विरोध प्रदर्शन हिंसात्मक हुँदै गएपछि देशभरका विद्यालय र विश्वविद्यालय अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको बीबीसीले जनाएको छ ।

बङ्गलादेशमा देशको स्वतन्त्रताका लागि लडेका छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिइएको छ । सन् १९७१ मा बङ्गलादेशमा स्वतन्त्रता सङ्ग्रामपछि पाकिस्तानबाट अलग भएको थियो । आरक्षण प्रणालीले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकार समर्थक समूहका बच्चाहरूलाई अनुचित रूपमा फाइदा पुर्‍याएको देखिन्छ ।

शेख हसिना गएकाे जनवरी महिनामा भएको चुनावमा जित हासिल गर्दै  लगातार चौथो पटक प्रधानमन्त्रीमा विजयी हुनुभएको हो । उहाँ बङ्गलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानकी छोरी हुनुहुन्छ । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको यो व्यवस्थाविरुद्ध केही दिनदेखि विरोध प्रदर्शन भइरहेको छ ।

यसअघि सन् २०१८ मा पनि हप्तासम्म विरोधपछि यो भर्ना प्रणालीमा प्रतिबन्ध लगाइएको थियो । तर गएको महिना मात्र एक अदालतले यो आरक्षण प्रणाली पुनर्स्थापित गरेको हो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया