सीजीद्वारा क्यानलाई १० लाख रुपैयाँ हस्तान्तरण

 साउन २, २०८१ बुधबार १५:१०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चौधरी ग्रुप (सीजी) ले नेपाल क्रिकेट सङ्घ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । भर्खरै सकिएको आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरूप सीजी फुड्सले गरेको घोषणाअनुसार आज ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रदीप पुडासैनीले क्यानका सचिव पारस खड्कालाई चेक हस्तान्तरण गर्नुभएको हो ।

सीजीले टी–२० विश्वकपमा प्रत्येक रनका लागि एक हजार, प्रत्येक चौकाका लागि आठ हजार, प्रत्येक छक्काका लागि १२ हजार रुपैयाँ दिने घोषणा गरेको थियो । यस्तै प्रत्येक विकेटका लागि १५ हजार, प्रत्येक अर्धशतकबापत ५० हजार, प्रत्येक शतकबापत एक लाख र नेपाली टिमको प्रत्येक जीतमा एक लाख ५० हजार रुपैयाँ दिने घोषणा गरेको थियो । त्यसैगरी नेपाली टिम सुपर–८ मा पुगेमा ३० लाख रुपैयाँ दिने पनि सीजीले घोषणा गरेको थियो । तर नेपाली टोलीले एक खेल पनि जितेन ।

यही घोषणाअनुसार नेपाली टिम र खेलाडीको समग्र प्रर्दशनअनुसार ९ लाख ४४ हजार भएकोमा सीजीले यो रकममा ५६ हजार रुपैयाँ थप गरी १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

यसैगरी सीजीले नेपाली क्रिकेटप्रेमी दर्शकलाई हौसला तथा उत्साह प्रदान गर्ने उद्देश्यले विश्वकप अवधिभर वाईवाई क्रिकेट 'प्रडिक्ट एन्ड विन कन्टेस्ट' सञ्चालन गरेको थियो । जसअन्तर्गत पहिलो, दोस्रो र तेस्रो पुरस्कार विजेतालाई क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ प्रदान गरेको सीजीले जनाएको छ । यस्तै 'टुर्नामेन्ट प्रेडिक्शन' अन्तर्गत चार जना विजेतालाई १५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

अन्तिम अपडेट: असोज २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया