विश्वकै धनी व्यक्ति एलन मस्कद्वारा २ वटा ठूला कम्पनीको मुख्यालय टेक्ससमा सार्ने घोषणा

 साउन २, २०८१ बुधबार १५:२०:१९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

विश्वकै धनी अमेरिकी अर्बपति एलन मस्कले आफ्ना दुई वटा मुख्य कम्पनीको मुख्यालय क्यार्लिफोनियाबाट टेक्ससमा सार्ने घोषणा गर्नुभएको छ । क्यार्लिफोर्नियाको कानुन चित्त नबुझेको भन्दै मस्कले रकेट कम्पनी 'स्पेस एक्स' र सामाजिक सञ्जाल 'एक्स' को कार्यालय टेक्ससमा सार्ने घोषणा गर्नुभएको हो ।

अब 'स्पेस एक्श' को मुख्य कार्यालय टेक्ससको बोका चिका र 'एक्स' को मुख्यालय टेक्ससकै अस्टिनमा सर्नेछ । विशेष गरेर क्यार्लिफोर्नियाको लैङ्गिक पहिचान कानुनलाई कारण देखाएर मस्कले मुख्यालय टेक्ससमा सार्ने बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

क्यालिफोर्नियाको नयाँ कानुनले यदि विद्यालयका बालबालिकाले लैङ्गिक पहिचान परिवर्तन गरेमा शिक्षकले यो कुरा अभिभावकलाई भन्न जरुरी नहुने व्यवस्था गरेको छ । मस्कले यसको विरोध गर्नुभएको छ ।

विश्वकै सबैभन्दा धनी व्यक्ति मस्कले आफ्नो निवास पनि सन् २०२१ मा क्यालिफोर्नियाबाट टेक्ससमा सार्नुभएको थियो । टेक्ससमा राज्यले व्यक्तिगत आयकर लगाएको छैन । पछिल्ला दिनहरूमा एलन मस्क राजनीतिमा पनि खुलेरै लाग्नुभएको छ । उहाँले रिपब्लिनक डोनाल्ड ट्रम्पलाई समर्थन गर्दै ठूलो रकम सहयोगको घोषणा गर्नुभएको  छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया