अर्जेन्टिनाका खेलाडीले रङ्गभेदी नारा लगाएको विषयमा छानबिन शुरु

 साउन ३, २०८१ बिहीबार ६:४७:५९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

फिफाले अर्जेन्टिनाका खेलाडीले रङ्गभेदी नारा लगाएको विषयमा छानबिन शुरु गरेको छ । कोपा अमेरिकाको उपाधि जितेपछि उनीहरूले फ्रान्सेली खेलाडी किलियन एम्बाप्पे लगायतलाई लक्षित गरी रङ्गभेदी नारा लगाएका थिए ।

भेदभावपूर्ण भाषा प्रगोग गरी नारा लगाएको भिडिययो सामाजिक संजालमा भाइरल भएपछि फिफाले घटनाको अनुसन्धान भइरहेको जनाएको हो । यो विषयमा फिफा खेलाडी, समर्थक र कर्मचारी कसैले पनि कुनै छुट नपाउने फिफाका प्रवक्ताको भनाई छ ।

चेल्सी तथा अर्जेन्टिनाका खेलाडी एन्जो फर्नान्डिजले गएको सोमवार कोलम्बियासँग कोपा जितपछि सामाजिक सञ्जालमा हालेका लाइभ भिडियोमा उनीसहित केही खेलाडीले सन् २०२२ को विश्वकप फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई हराएको भन्दै गीत गाएका थिए ।

यो गीतमा एम्बाप्पेलगायत केही खेलाडीलाई लक्षित गरी अपमानजनक शब्द समावेश गरिएको थियो । 

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया