मेक्सिको फुटबलका मुख्य प्रशिक्षक जाइम लोजानो बर्खास्त

 साउन ३, २०८१ बिहीबार ९:२४:४९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

कोपा अमेरिका फुटबलको समूहचरणबाटै बाहिरिएपछि मेक्सिकोका मुख्य प्रशिक्षक जाइम लोजानोलाई बर्खास्त गरिएको छ ।

उनको सट्टा जेभियर अगुइरेलाई तेस्रो कार्यकालका लागि मेक्सिकोको प्रशिक्षकको जिम्मेवारी दिइएको मेक्सिकन फुटबल फेडरेसनले जनाएको छ । उनले सन् २००२ र २०१० को विश्वकपमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

लोजानोलाई मुख्य प्रशिक्षकबाट हटाएर अगुइरेको सहयोगीको रुपमा काम गर्न प्रस्ताव गरिएको भए  पनि उनले अस्वीकार गरेका छन् । लोजानोले मेक्सिकोलाई सन् २०२३ को गोल्ड कपको उपाधि जिताएका थिए भने यसै वर्षको शुरुमा कन्काकाफ नेसन्स लिगको फाइनलमा पुर्‍याएका थिए ।

यसैबीच, मेक्सिकोले सन् २०२६ को विश्वकप क्यानडा र अमेरिकासँग मिलेर आयोजना गर्ने भएको छ । 

अन्तिम अपडेट: असोज २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया