बाढी, पहिराेले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

 साउन ३, २०८१ बिहीबार १२:१५:२० | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

पाँचथर – बाढी, पहिराेका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएकामा समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन् ।

बाढी, पहिराेका कारण कालोपत्रको चरणमा रहेको सडकको भागमा क्षति भएको पाँचथरको फिदिममा रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । राजमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङबाट याङवरक गाउँपालिका–४ दारिम्बासम्म ५१ किलोमिटर सडक कालोपत्रका क्रममा छ ।

यही खण्डमा असार पहिलो हप्ता परेको अत्यधिक वर्षाले दर्जनौँ ठाउँमा पहिरो खस्दा ठूलो क्षति भएको उहाँले बताउनुभयो । बाढी, पहिराेले त्यहाँका साना–ठूला गरी आठ वटा पुलामा क्षति भएको प्रमुख यादवले बताउनुभयो ।

अवरुद्ध सडक एकतर्फी सञ्चालन भए पनि सहज बनाउन समय लाग्ने याङवरक गाउँपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया