कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो
बैशाख ६, २०८२ शनिबार
जापानका झन्डै एक चौथाइ कम्पनीहरूले आफ्नो कारोबारमा कृत्रिम बाैद्धिकता अर्थात् 'आर्टिफिसिएल इन्टेलिजेन्स' (एआई) को प्रयोग गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार अहिलेसम्म एक चौथाइ कम्पनीले कारोबारमा एआईको प्रयोग गरेका छन् भने ४० प्रतिशत कम्पनीले कुनै न कुनै रूपमा एआई प्रयोगको योजना बनाएका छन् ।
निक्केई रिसर्चले रोयटर्सका लागि गरेको सर्वेक्षणले जुलाई ३ देखि १२ सम्म ५ सय ६ वटा कम्पनीलाई विभिन्न प्रश्नहरू सोधेको थियो । सर्वेक्षणअनुसार झन्डै २४ प्रतिशत उत्तरदाताले पहिले नै आफ्नो व्यवसायमा एआई प्रयोग गरेको, ३५ प्रतिशतले एआई प्रयोगको योजना बनाइरहेकाे र ४१ प्रतिशतले कुनै योजना नभएको बताएका थिए ।
सर्वेक्षणका ६० प्रतिशत उत्तरदाताले कामदारको अभाव हटाउनका लागि एआईको प्रयोग गर्ने योजना बनाएको बताएका थिए । ५३ प्रतिशतले श्रम लागत घटाउने र ३६ प्रतिशतले अनुसन्धान र विकासका लागि एआईको प्रयोग गर्ने योजना बनाएको बताएका छन् ।
तर एआई प्रयोग गर्दा प्राविधिक विशेषज्ञताको अभाव, खर्च धेरै र विश्वसनीयताको चिन्ता बढेको पनि देखिएको छ । १५ प्रतिशत उत्तरदाताले गएको वर्ष साइबर आक्रमण भएको गुनासो गरेका खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।