पृथ्वी राजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका काम बन्द हुने

 साउन ३, २०८१ बिहीबार १८:२४:४२ | रासस
unn.prixa.net

तनहुँको बन्दीपुर गाउँपालिका-४ फेदीखोलाकाे पृथ्वी राजमार्गमा खसेको पहिरो डोजरको सहायताले पन्छाइँदै । तस्बिर : मिला दरै/रासस

तनहुँ – मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वी राजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका काम बन्द हुने भएको छ ।

मनसुन अवधिभरि कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कल्भर्ट र पर्खाल निर्माणलाई जोड दिइएको आयोजनाले जनाएको छ । मनसुन सक्रिय रहँदासम्म कालोपत्र र सडक विस्तार रोकी अन्य निर्माणलाई प्राथमिकता दिइएको मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरो जान सक्ने ठाउँमा भूक्षय रोक्ने किसिमका बिरुवा लगाउने, सडकको छेउमा दुबो रोप्नेलगायतका कार्य भइरहेका छन् । अहिलेसम्म पूर्वी खण्डमा ६२ र पश्चिम खण्डमा २८ प्रतिशत प्रगति भइसकेको छ । राजमार्गको ८० किलोमिटर सडकमध्ये झन्डै ५३ किलोमिटर सडकमा कालोपत्र भइसकेको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया