डोनाल्ड ट्रम्पसँग काम गर्न सहज नहुने युक्रेनका राष्ट्रपति जेलेन्स्कीको भनाइ

 साउन ४, २०८१ शुक्रबार १२:२७:३३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बनेमा उहाँसँग काम गर्न सजिलो नहुने बताउनुभएको छ ।

राष्ट्रपति जेलेन्स्कीले चुनावपछि अमेरिकाको जिम्मेवारी लिने जोसुकैसँग पनि काम गर्न तयार रहेको तर विगतका अनुभवमा ट्रम्पसँग काम गर्न सहज नहुने बताउनुभएको बीबीसीले जनाएको छ । केही दिनअघि ट्रम्पले उपराष्ट्रपतिको उम्मेदवार बनाएका ओहायोका सिनेटर जेडी भान्सले युक्रेनको विषयमा चासो नराख्ने र युद्धका लागि आर्थिक सहयोग पनि नगर्ने प्रतिक्रिया दिनुभएको थियो ।

यस्ता गतिविधि र प्रतिक्रियाले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्प विजयी भए युक्रेनका सम्बन्धमा अमेरिकाको नीति परिवर्तन हुने आशङ्का बढेको छ । तर राष्ट्रपति जेलेन्स्कीले युक्रेनबारे स्पष्ट गराएर अमेरिकासँग मिलेर काम गर्नुपर्ने बताउँदै आउनुभएको छ ।

अहिले बेलायतमा रहनुभएका जेलेन्स्कीले प्रधानमन्त्री केयर स्टाररसँग भेट गरिसक्नुभएको छ । प्रधानमन्त्री स्टाररले सकेसम्म युक्रेनको पक्षमा रहने प्रतिक्रिया दिनुभएको बताइएको छ ।

अन्तिम अपडेट: भदौ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया