यूएसएडद्वारा २४ वर्षमा झन्डै दुई खर्ब रुपैयाँ सहयोग

 साउन ४, २०८१ शुक्रबार १२:३९:२३ | रासस
unn.prixa.net

काठमाण्डौ – संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (यूएसएड) ले सन् २००० देखि नेपालको विकासका लागि विभिन्न क्षेत्रमा एक खर्ब ९६ अर्ब रुपैयाँ सहयोग गरेको छ ।

यूएसएडले नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालबालिकाको सशक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चारका क्षेत्रमा डेढ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरेको जनाएको छ ।

सन् २०२३ मा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका कार्यक्रममार्फत १० लाखभन्दा धेरै महिलाको जीवनमा प्रत्यक्ष योगदान पुर्‍याएको र थप ५० लाख महिला माझ अप्रत्यक्ष रूपमा आमसञ्चारमाध्यमका अभियानलगायत गतिविधि पुगेको यूएसएडको तथ्याङ्क छ ।

यूएसएड अन्तर्राष्ट्रिय विकासको नेतृत्व गर्ने अमेरिकाको सरकारी निकाय हो । यूएसएडले नेपाललगायत एक सयभन्दा धेरै देशमा काम गर्दछ । यूएसएड र नेपालबीचको साझेदारी ६३ वर्षभन्दा लामो छ ।

यूएसएडको शुरुआती दिनदेखिको सहयोगका कारण दक्षिणी तराई क्षेत्रबाट मलेरिया उन्मूलन भएको, कुनै समय बसोबास गर्न नसकिने देशका भू–भागमा कृषि फस्टाउन योग्य भएको, साक्षरता बढेको, औसत आयु दोब्बर भएको, बाल मृत्युदर उल्लेखनीय रूपमा घटेको, शान्ति र लोकतन्त्रमा सहजीकरण भएको र कोभिड–१९ सङ्कटको समयमा खोप, आवश्यक सामग्री र प्राविधिक सहायता प्राप्त भएको यूएसएडले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया