बङ्गलादेशमा आरक्षण विराेधी प्रदर्शन : ज्यान गुमाउनेकाे सङ्ख्या २५ पुग्याे

 साउन ४, २०८१ शुक्रबार १५:१२:५३ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

बङ्गलादेशमा आरक्षणको विरोधमा भइरहेको प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या २५ जना पुगेको छ । प्रदर्शनका क्रममा सयौँ मानिस घाइते भएका र देशभर आन्दोलन हिंसात्मक बन्दा धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको बीबीसीले जनाएको छ । आरक्षण विरोधी प्रदर्शन चर्किँदै गएपछि सरकारले देशका विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरेको छ ।

यसैबीच प्रधानमन्त्री शेख हसिनाको सम्बोधनपछि प्रदर्शन झन् हिंसात्मक बनेको खबरमा उल्लेख छ । प्रधानमन्त्री हसिनाले राष्ट्रका नाममा प्रदर्शनकारीहरूलाई धैर्य रहन आग्रह गर्दै अदालतको माध्यमबाट न्याय मिल्ने बताउनुभएको थियो । प्रदर्शनकारीहरूले भने प्रधानमन्त्रीले आश्वासन मात्रै दिएको र सरकारको तर्फबाट आफ्नो सपाइ पेश गरेको भन्दै देशव्यापी बन्दको आह्वान गरेका छन् ।

विरोध बढ्दै गएपछि सरकारले यसअघि देशका सबै विश्वविद्यालय, क्याम्पस र विद्यालय अर्काे सूचना नभएसम्मका लागि बन्द गरेको छ । प्रदर्शनकारीहरूले सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने माग गरेका छन् ।

सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा विद्यार्थीहरूले हप्तौँदेखि विरोध गर्दै आएका छन् । सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता युद्धमा लडेका सेना र कर्मचारीको परिवारका सदस्यहरूका लागि सरकारी रोजगारीमा आरक्षण छ । ३० प्रतिशत सरकारी रोजगारी आरक्षणमै जाने गरेको छ । तर यो प्रणालीले  प्रधानमन्त्री शेख हसिनाका समर्थक र उनको दल अवामी लिगका कार्यकर्तालाई मात्रै फाइदा पुगेको भन्दै आन्दोलन शुरु भएको हो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया